२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक – अध्यादेश खारेज गर्ने निर्णय हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय हुने बताइएको छ । अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्ने भएपछि प्रधानमन्त्री देउवालेले बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्ले अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिश पेश हुनेछ ।

नेकपा एमालेबाट माधवकुमार नेपालपक्ष बाहिरिने भएपछि सरकारले उनीहरुलाई सजिलो हुनेगरी केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत मात्र सदस्य भएपनि दल विभाजन गर्न सक्ने प्रावधान राख्दै अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएकै दिन नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएका थिए ।

तर, यही अध्यादेश सत्तारुढ गठबन्धनको अर्को महत्वपूर्ण दल जनता समाजवादी पार्टी जसपाका लागि घाँडो भएपछि प्रधानमन्त्री देउवा दबाबमा परेका थिए । मन्त्री बनाउने आश्वासनसहित महन्थ ठाकुर पक्षबाट आफ्नो पक्षमा तानेका केही सांसदले मन्त्री पद नपाउँदा पार्टी फोड्नसक्ने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नभएसम्म सरकार विस्तार हुन नसक्ने अडान राख्दै आएका थिए ।

 

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ४८ बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव