४ कार्तिक २०८३, बुधबार | October 21, 2026

प्रतिनिधिसभा बैठक अवरोध नगर्न सभामुख सापकोटाको आग्रह, अर्को बैठक असोज १४ गते



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन् ।

सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई सभामुख सापकोटाले आफू विरुद्ध लगाइएको मुद्धा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्धाहमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए । सापकोटाले अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरुको ध्यानाकर्षण गराए ।

सभामुख सापकोटाले भने, ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधिन मुद्धाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथि संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु । प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ग, घ का प्रावधानहरु हामीले सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन । उल्लेखित प्रावधानहरु पालनाका लागि पुनः अनुरोध गर्दछु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । सोही मुद्धा अदालतमा विचाराधिन रहेकाले न्याय निरुपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न लगाउने नमिल्ने सभामुख सापकोटाको तर्क थियो ।

सभामुख सापकोटाले बैठक सुचारु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरुलाई अस्विकार गर्दै वेलमा नाराबाजी गरिरहे । यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण गरेर संसदमा पठाउनु भएको विनियोजन विधेयक २०७८ पढेर सुनाए । त्यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराउनु भयो । प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : १७ बजे

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्ति

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको

यातायात सहजतासँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा