७ चैत्र २०८२, शनिबार | March 21, 2026

दक्षिण कोरियामा मासुका लागि प्रत्येक वर्ष काटिन्छन् १० लाख कुकुर



सीउल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् ।

कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ । तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा लुकिछिपी हरेक वर्ष दश लाख ककुर काटिन्छन् ।

कोरियामा पछिल्लो समयमा यसको माग घटेको छ । धेरै कोरियालीले कुकुरलाई पाल्तु जनावरको रूपमा पाल्न थालेपछि अधिकांशले ककुर काट्न छोडेका छन् । जसका कारण देशका ठूला तीन ओटा कुकरको मासु बेच्ने पसल बन्द भएका छन् । एक सर्वेक्षणमा ८० प्रतिशत कोरियालीले ककुरको मासु नखाने बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति मुनले अब कुकुरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएका थिए । ककुरप्रेमी मुनले पहिलो पटक कुकुरको मासुमाथि पूर्ण प्रतिबन्ध लगाउने बारेमा छलफल गरेका हुन् । केही समयअघि उनले देशमा जथाभाबी छोडिएका जनावरहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए । एजेन्सी

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ४८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका