१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दक्षिण कोरियामा मासुका लागि प्रत्येक वर्ष काटिन्छन् १० लाख कुकुर



सीउल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् ।

कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ । तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा लुकिछिपी हरेक वर्ष दश लाख ककुर काटिन्छन् ।

कोरियामा पछिल्लो समयमा यसको माग घटेको छ । धेरै कोरियालीले कुकुरलाई पाल्तु जनावरको रूपमा पाल्न थालेपछि अधिकांशले ककुर काट्न छोडेका छन् । जसका कारण देशका ठूला तीन ओटा कुकरको मासु बेच्ने पसल बन्द भएका छन् । एक सर्वेक्षणमा ८० प्रतिशत कोरियालीले ककुरको मासु नखाने बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति मुनले अब कुकुरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएका थिए । ककुरप्रेमी मुनले पहिलो पटक कुकुरको मासुमाथि पूर्ण प्रतिबन्ध लगाउने बारेमा छलफल गरेका हुन् । केही समयअघि उनले देशमा जथाभाबी छोडिएका जनावरहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए । एजेन्सी

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ४८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा