१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

जनावरले टोकिहाले तत्कालै रेबिज विरुद्धको खोप लगाउन चिकित्सकको सुझाव



काठमाडौं । ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ ।

मंगलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताएका छन् ।

जनावरको टोकाइबाट हुने यो रोगको तत्काल उपचार भएमात्रै ज्यान बचाउन सकिन्छ । टोकाइबाट हरेक महिना कम्तिमा पनि एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको पौडेलले बताएका छन् ।

रेबिज रोग जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ । तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरु टेकु अस्पतालमा भर्ना भएका छन् । ति मध्ये कैयौंको मृत्यु पनि भएको छ ।

घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाएर बचाउन सकिन्छ । रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०, १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाउनु हो । तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो, केही लक्षण छैन, ठीकै छ भनेर खोप नलगाउँदा बचाउन मिल्ने व्यक्तिहरुको पनि मृत्यु हुने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार विकसित देशमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको छ । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि तत्कालै रेबिज विरुद्धको खोप लगाउनुपर्ने वडा. बाँस्तोला बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : १० बजे

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार