२४ असार २०८३, बुधबार | July 8, 2026

जनावरले टोकिहाले तत्कालै रेबिज विरुद्धको खोप लगाउन चिकित्सकको सुझाव



काठमाडौं । ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ ।

मंगलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताएका छन् ।

जनावरको टोकाइबाट हुने यो रोगको तत्काल उपचार भएमात्रै ज्यान बचाउन सकिन्छ । टोकाइबाट हरेक महिना कम्तिमा पनि एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको पौडेलले बताएका छन् ।

रेबिज रोग जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ । तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरु टेकु अस्पतालमा भर्ना भएका छन् । ति मध्ये कैयौंको मृत्यु पनि भएको छ ।

घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाएर बचाउन सकिन्छ । रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०, १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाउनु हो । तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो, केही लक्षण छैन, ठीकै छ भनेर खोप नलगाउँदा बचाउन मिल्ने व्यक्तिहरुको पनि मृत्यु हुने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार विकसित देशमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको छ । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि तत्कालै रेबिज विरुद्धको खोप लगाउनुपर्ने वडा. बाँस्तोला बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : १० बजे

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

भैरहवा । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक

सभामुख र एमाले सांसदबीच जुहारी, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर