२३ बैशाख २०८१, आइतबार | May 5, 2024

‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ – डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर



काठमाडौं । डिशहोमले स्पेन घुम्न पाउने “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” नयाँ अफर सार्वजनिक गरेको छ ।

२०७८ असोज ११ गते देखि लागु हुने यो योजनाअन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगासिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्षप्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्यच्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबर नेटको जडानमा पनि उपलब्ध छ ।

विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ । जसअनुसार डिशहोमले ग्राहकहरु लाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथाविविधअफरहरु प्रदानगर्दै आएको छ ।

लालिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनमै पुगेर त्यहाँको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ ।

यो योजना नेपालभर सीमित अवधिको लागु हुने डिसहोमले जनाएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ३९ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच