७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सर्वसाधारणसँग बिरामीलाई सहयोग भन्दै चन्दा उठाउने नक्कली समुह प्रहरी नियन्त्रणमा



बुटवल । सडकमा मृगौला पिडीत, मुटुका बिरामी, दिर्घरोग लागेर उपचार गर्न नसक्ने जस्ता बिभिन्न बहाना बनाएर सहयोग माग्ने ब्यक्ति, समुह र संस्थाहरु आजभोली बजारमा बाक्लै देख्न सकिन्छ । राजमार्गहरुमा बाटो छेकेर, पसलहरुमा सहयोगपेटिका थापेर र सडकहरुमा कपडा थाप्दै सहयोगको रहम उठाउँदै हिँडेको पनि धेरै नै देख्न सकिन्छ । तर ती माग्नेहरु नक्कली बाहाना बनाएर सर्वसाधारणलाई ठग्ने हरु हुने गरेको पत्ता लागेको छ । व्यवसायीकरुपमा नै बाहाना बनाएर नगदी रसिद काट्दै सहयोग रकम उठाउाँदै हिँड्ने एउटा समुह पाल्पा प्हरीको फन्दामा परेको छ ।

पाल्पाको तानसेनबाट प्रहरीले बाहाना बनाएर माग्ने एउटा समुहलाई पक्राउ गरेपछि त्यस्ता माग्नेहरु ठगहरु पनि हुन सक्ने खुलासा भएको हो । पाल्पाको तानसेनमा केहीदिनबाट बिभिन्न बाहानामा सहयोग रकम उठाउँदै हिँड्ने समुहलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तानसेनको करुवा होटलमा बसेर तानसेन बजारमा बाहाना बनाई नागरिकसँग पैसा उठाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुंङटारका दिपक भन्ने प्रदिप गुरुङ, मोरङ उर्लाबारीका धनबहादुर विश्कर्मा, मोरङ शनिश्चरेका राजेश खरेल, झापा कन्काईका केदार बिक र सोही स्थानका सुर्य विश्वकर्मा रहेका छन् ।

उनीहरुबाट प्रहरीले मृगौला पिडितको सहयोग रसिद, चन्दा रसिद, सामाजिक सेवा अभियान नामको नगदी रसिद फेला परेको प्रहरीले जनाउको छ । उनीहरुबाट स्थानीयबासीबाट संकलन गरेको २१ हजार २५५ नगद बरामद भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले बताए । पक्राउ परेकाहरुले तानसेनमा अवैध अनाधिकृत रुपमा चन्दा संकलन गर्दै गरेको सूचनाका आधारमा स्थानीय करुवा होटलबाट उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

आजभोली पाल्पामा मात्र होईन हरेक बजार र शहरहरुमा बाबाना बनाएर रकम असुल्नेहरु बाक्लै भेटिने गरेको छ । पाल्पा प्रहरीले जस्तै अन्य स्थानमा पनि प्रहरी निगरानी बढाउन जरुरी छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ०२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल