१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा



काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । यसअघि बैठक बिहान ९ बजे बस्ने भनिए पनि तीन घण्टा पर सारिको हो।

स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको नेताहरूले बताएका छन । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

यसअघि तत्कालीन एमाले र जनता समाजवादी पार्टीलाई विभाजनमा सघाउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय नहुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । यो अध्यादेश निस्क्रिय भएसँगै अब मन्त्रिपरिषद् विस्तार हुने ठानिए पनि सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षि धेरै हुँदा लम्बिदै गएको छ ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनिसकेका छन । माओवादीले पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : १७ बजे

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज