२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सभामुख सापकोटा विरुद्धको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं । सशस्त्र युद्धकालको एक हत्या घटनालाई लिएर सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ भएन ।

संवैधानिक इजलासमा सुनुवाइमा रहेका सो रिट हेर्न नमिल्नेमा परेको छ । संविधानिक इजलासमा न्यायाधीस हरिकृष्ण कार्की समेत रहेका थिए । तर उनले सो मुद्दा हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको हो । न्यायाधीस कार्कीले कानून व्यवसायी हुँदा सो मुद्दाको पक्षमा बहस गरेका थिए ।

लामो समयदेखि सर्दै सर्दै आएको सो मुद्दाको ३० फागुन २०७६ मा पेशीमा चढाइएकोमा हेर्न नभ्याईनेमा राखिएको थियो । त्यस यता गत १६ भदौमा पेशीमा चढेको यो मुद्दा त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका स्थानीय अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटामाथि मुद्दा लगाईएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ३६ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा