१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कुमारी बैंक  र यती एअरलाइन्सले जारी गरे स्काई क्लव कार्ड



काठमाडौ । कुमारी बैंक र  यती एअरलाइन्सले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक Swipe and Fly Campaign को शुरुवात गरेका छन् ।

यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव Co-brand कार्ड जारी गरिने छ ।

यसै सन्दर्भमा कुमारी बैंक लि.का निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिाले कुमारी स्काई क्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गरे ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालज्यूले बताए । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ ।

यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्त गरे ।

यसै सन्दर्भमा “अब हाम्रा ग्राहकहरुले कुमारी स्काई क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरुले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सक्नेछन् ।” यस प्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैंकिंगका प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

“अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुबै कार्डको काम गर्नेछ”, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टज्यूले जानकारी दिँदै भने, “बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ ।

निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी रु. १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमको ट्यागलाइन नै We Reward Your Spending राखिएको छ ।”

सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ०४ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज