२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

मदन भण्डारी स्पाेर्टस् एकेडेमीले रुपन्देहीमा भलिबल एकेडेमी चलाउदै



बुटवल । मदन भण्डारी स्पाेर्टस् एकेडेमी, रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ। भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो। बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मदन भण्डारी भलिबल एकेडेमीका उपाध्यक्ष युवराज सारुले खेल मैदान तयार गर्ने आवश्यक तयारी पुरा भएको जानकारी दिए।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, जिवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपाने, युवा नेता तथा खेलप्रेमी पुरन गुरुङ,, देवि वाग्ले, शंकर पाण्डे लगायतले खेल प्रशिक्षक र खेलाडीहरूलाइ खेल सामाग्री र जर्सी हस्तान्तरण गरेका थिए ।

मदन भण्डारी एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले मदन भण्डारी एकेडेमीको निक्कै कठिनाईको अवस्थामा स्थापना भएको भन्दै यो सबैको साझा संस्था भएको दाबी गरे। ब्यवसायिक खेलाडी बनाउने लक्ष्यसहित राष्ट्रिय झण्डाको पहिचानका लागि आफुहरु लागेको उनले बताए।

कार्यक्रममा जिवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपानेले नेपाली परिवेशमा सानै उमेरबाट नै खेलकुदमा रोक लगाउने समाजमा पछिल्लो समयमा ठूलो परिवर्तन आएको बताए । खेलकुदबाट शारिरिकसंगै मानसिक विकासमा सकारात्मक प्रभाव पारेको उनले बताए।

एकेडेमीमा भलिबल प्रशिक्षक राजन कुवरले खेलाडीहरुलाई प्रशिक्षण गराउदै आएका छन। असोज १५ गतेबाट शुुरु हुने लाफा समुहको भलिबल प्रतियोगितामा एकेडेमीको २ टिमले भाग लिने भएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ४९ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा