२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

खेल सम्बद्ध संघ संस्थाको सिफारिसमा राखेप सदस्य मनोनयनको माग



काठमाडौं । नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनद्धारा विभिन्न माँग सहितपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुढानिलकण्ठ स्थित देउवा निबासमा आज खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरू संगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परिक्षण, खेलाडीहरूको खानपीन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकु दविकास ऐन २०७७ लाई संशोधनगर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि वढाईनु पर्ने उल्लेख छन् ।

सभापति देउवाले उक्त मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताएका थिए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : १६ बजे

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,