२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मन्त्रीमण्डल विस्तारमा ढिलाइ, सत्ता गठबन्धन मन्त्रालय भागवण्डामै अल्झियो



काठमाडौं । सरकारले सत्ता गठबन्धनमा रहेको दलहरूलाई सहज हुने गरी कानुनी जटिलता हटाए पनि मन्त्रिपरिषद् विस्तारको गाँठो अझै फुकेको छैन ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समझदारी भए तापनि मन्त्रालय भागवण्डाको विषयमा सहमति जुटिनसकेका कारण अझै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले मन्त्रालयको भागवण्डाको कुरा नमिल्दा अझै मन्त्रीहरूको छनोट गर्न सकेको छैन । माओवादी स्थायी समितिको बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रीमण्डलाई पूर्णता दिने जानकारी गराएका थिए ।

माओवादी नेता देवेन्द्र पौडेलले गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगो लगेपछि मन्त्रीमण्डल विस्तारको प्रक्रिया अगाडि बढ्ने जानकारी दिँदै भने, ‘उहाँका अनुसार मन्त्रालयको भागवण्डामा सहमति जुटेलगत्तै पार्टीको बैठक बसेर मन्त्रीहरूको नाम छनोट हुनेछ ।’

जसपाले पनि मन्त्रालयको भागवण्डामा अझै सहमति नजुटेका कारण मन्त्री छनोटको गर्न नसकिएको बताएको छ । जसपाका नेता महेन्द्र राय यादवले मन्त्रालयमै कुरा मिल्न नसकेकाले मन्त्री छनोट हुन नसकेको बताउँदै भने, ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर सरकारले हाम्रो माग पूरा गरेको छ, अब मन्त्रालयको कुरा मिलेपछि मन्त्री छनोट गरेर सरकारमा सहभागी हुन्छौं ।’

सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने मन्त्रीहरूको नामको टुंगो लगाएको छ । तर, कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा भने एकीकृत समाजवादी पनि अन्योलमै रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंगो लगाए पनि मन्त्रालय भागवण्डामा समझदारी हुन बाँकी रहेको बताए । उनले भने, ‘सरकारमा सहभागी हुन हामी तयार छौं, सत्ता गठबन्धनमा समझदारी भएलगत्तै मन्त्रीहरूको नाम बुझाउँछौं ।’

सरकार गठन भएको साढे दुई महिनाको अवधिमा पनि सत्ता गठबन्धन भने भागवण्डामै रुमलिएको छ । सत्ता गठबन्धनमा देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन । उपप्रधानमन्त्री चारवटै दलबाट बनाउँदा चार उपप्रधानमन्त्री हुने भएकाले सकेसम्म प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने अडान राख्दै आएको बताइएको छ ।

अब सरकारमा प्रधानमन्त्री देउवाले १८ जना मन्त्री नियुक्त गर्न बाँकी रहेको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा मिलेमा शुक्रबारसम्ममा मन्त्रीमण्डलाई पूर्णता पाउने सम्भावना रहेको प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : ३३ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो