१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलमा बजार अनुगमन तीब्र



बुटवल । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।

खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफथ गरी नष्ट गर्ने,जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ ।

खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन

बुटवल उपमहानगरपालिका-४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल-९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लायर्स/ठुल्दाई खाद्यान्न भण्डार, बुटवल-९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रा।ली, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एशिया एटुजेट सामाग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।

हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारी जन्य सामग्री गुणस्तरीय नपाइएको भन्दै नष्ट गरिएको थियो । उक्त पसललाई वडा कार्यालयमा व्यवसाय दर्ता गराई ३ दिन भित्र नापतौल का।मा उपस्थित हुन तारेख दिइएको अनुगमन समितिले जनाएको छ ।
यस्तै अर्घाखाँची कोण्ड ड्रिक तथा मदिरा स्टोर्स, चौतारी विजनेस ग्रुप, डि.पि.सी.स्टोर्समा अनुगमन भएको छ । डीपीसी स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम जरिवाना गरिएको थियो । चौतारी बिजनेश ग्रुपमा म्याद नोको खान अयोग्य लागि क्रेकर रु २० पर्ने ४६ पोका नष्ट गरिएको थियो । अर्घाखाँची कोल्डड्रिङ तथा मदिरा स्टोर्समा म्याद नाघेको वियर ६ बोतल, क्यान वियर ५ थान, रियल गोल्ड ३ थान जफथ गरि नष्ट गराइएको थियो ।

अनुगमन गरिएको कतिपय पसलमा लेभव नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य सामन पसलमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रमिला गुरुङले बताए । कसुर र अवस्थाका आधारमा त्यस्ता पसललाई थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुन पत्र दिइएको गुरुङको भनाइ छ ।

यस्तै बुटवल-९, कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हीत विपरितको कसुर गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गराइएको थियो । उक्त पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरिएको अनुगमन टोलीमा रहेका बाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए । सामान विक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफथ गरेर नष्ट गरिएको थियो । कतिपय पसलमा सामान नष्ट र जरिमाना समेत तिराइएको थियो ।

बुटवलको सुख्खानगरमा रहेको पैचो पसल प्रालीमा पनि अनुगमन गरिएको छ । त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिईएको अनुगन समितिले जनाएको छ । यसैगरी बुटवल-८ मै रहेको सुरभि मिष्ठान भण्डार सुरभि लज एण्ड रेष्टुरेष्टमा पनि अनुगमन गरिएको थियो । त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएको र तीन दिन भित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

भाटभटेनी सुपर मार्केटमा अनुगमन

भाटभटेनी सुपर मार्केट बुटवलमा पनि अनुगमन गरिएको छ । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र संचारकर्मीहरुको उपस्थितिमा त्यहाँ अनुगमन गरिएको हो । भाटभटेनीमा प्रमाणपत्रहरु सबै अध्यावधिक रहेको साथै तरकारी बाहेको अन्य सामानहरु केन्द्रबाट खरिद गरी पठाउने गरेको पाइएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।

उपभोक्ता जागरणको खाँचो-उपप्रमुख आचार्य

बुटवल उपमहानगरपालिकाका अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजार अनुगमनसंगै उपभोक्तामा जागरण ल्याउने अभियानको पनि खाँचो रहेको उल्लेख गरेकी छन । उपमहानगरले उपभोक्ता जागरणका कार्यक्रम पनि बनाइरहेको उनको भनाइ छ । राज्यका निकायका कामलाई प्रभावकारी बनाउने र बजारमा हुने अराजकतालाई नियन्त्रण गर्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुरुपको कार्यक्रम बनाइएको उनले बताइन ।

‘उपभोक्ता आफै सचेत, सजग र जागरुक भएमा कालोबजारी र मिसावट रोक्न सहज हुन्छ । सामान किन्दा नै सबै हेरेर किन्ने र चनाखो बन्ने हो भने ठगी हुने जोखिम कम हुन्छ ।’ उनले बताइन । उपभोक्ताहरुले आफुले खरिद गर्ने वस्तु वा सामानको उत्पादन मिति, समाप्ती मिति, आदि हेरेर किन्न सुझाव दिइन । उपभोक्ता सचेत भएमा ठगी र कालोबजारी गर्नेहरु स्वतः निरुत्साहित हुने दाबी गरिन । संयोजक आचार्यले उपभोक्ता सचेत नभएसम्म कानुनी कारबाही र बजार अनुगमनको समेत प्रभाबकारिता कम हुने भएकाले उपभोक्तालाई सचेत बनाउने अभियानलाई पनि जोड दिइएको बताइन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ८ : ३८ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका