२६ बैशाख २०८१, बुधबार | May 8, 2024

लमजुङमा सवारी दुर्घटना: तीन वर्षमा ३० जनाको मृत्यु



लमजुङ । लमजुङमा सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार तीन वर्षमा ५५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् ।

नौ वटा सवारी साधनमा क्षति पुगेको छ । तीन वर्षमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जीप भ्यान, १६ जटा ट्याक्टर, १४ वटा मोटरसाइकल दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले आर्थिक वर्ष ०७७/७८ मा २३ वटा सवारीसाधन दुर्घटना भएको बताए ।

९ वटा सवारीसाधनमा क्षति भएको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार बस ३, ट्रक १, जीप/कार/भ्यान ६, ट्याक्टर ७, मोटरसाइकल ६ गरी जम्मा २३ वटा सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । २७ जना सख्त घाइते भएका छन् । १६ जना सामान्य घाइते भएका छन् ।

ग्रामीण भेगको कच्ची र खाल्डाखुल्डी सडकका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले बताएको छ । सर्भे विना नै गाउँमा बाटो निर्माण गरिएकाले बाढीपहिरोको जोखिम बढेको र सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले पनि सवारी दुर्घटना भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : २१ बजे

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक