२१ असार २०८३, आइतबार | July 5, 2026

राष्ट्र संघ महासभामा भाग लिएर परराष्ट्रमन्त्री खड्का स्वेदश फिर्ता



काठमाडौं । संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी भएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्किएका छन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएलगत्तै खड्का यही असोज ६ गते न्यूयोर्क गएका थिए । त्यहाँबाट फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खड्काले राष्ट्र संघको महासभामा कोभिड–१९, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता, मानव अधिकारको रक्षाबारे छलफल भएको बताए । खड्काले महासभालाई सम्बोधन गर्दै कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे नेपालको धारणा राखेका थिए ।

खड्काले न्यूयोर्क बसाईको क्रममा भारत, मालदिभ्स, बंगलादेश, कुवेत लगायतका देशका समकक्षीहरुसँग छलफल गरेका थिए ।

खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा एमसीसी नेपालको प्राथमिकतापूर्ण परियोजना भएको बताएका थिए । उनले एमसीसी अमेरिकाले परिमार्जन नगर्ने भन्दै नेपालले अनुमोदन र कार्यान्वयन गर्नुपर्ने जिकिर गरेका थिए ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ३९ बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को