२६ माघ २०८२, सोमबार | February 10, 2026

बुटवलको बाढीपहिरोको विषयमा संघीय सरकारको ध्यानाकर्षण



काठमाडौं । बुटवलको पहिरो र बाढीको नियन्त्रण तथा जोखिम न्यूनीकरणका विषयमा बुटवलका जनप्रतिनिधिहरुले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल र बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय सरकारका मातहतका विभिन्न कार्यालयलाई प्रकोप नियन्त्रणका योजना सहितको ध्यानाकर्षण गराएको हो ।

त्यसअवसरमा कार्यपालिका सदस्यहरु टंक पराजुली, नारायण पुन र महेन्द्र लिगल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, नेकपा एमाले नगर अध्यक्ष बाबुराम पन्थी, अनेरास्ववियु उपाध्यक्ष यम पाण्डेलगायत सहभागी थिए ।

ज्योतिनगरको पहिरो रोकथाम, विस्थापितलाई स्थायी बसोबासको प्रबन्ध, तिनाउ र दानव नदीले कटान गरेका बस्तीको सुरक्षार्थ तटबन्धलगायतका काममा उपमहानगरपालिकाले संघीय सरकारको सहयोग र सहकार्य खोजिरहेको छ ।

यस्ता बस्तीको सुरक्षाका लागि उपमहानगरपालिकाले तयार पारेको आवधिक र दीर्घकालीन योजनालाई प्रधानमन्त्री समक्ष जानकारी गराउनुका साथै मातहतका कार्यालयलाई हस्तान्तरण समेत गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ३७ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी