२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

मास्क नलगाउने यात्रुलाई सवारी चढ्न निषेध; मेला, महोत्सव सभा जुलुस गर्न रोक



काठमाडौं । काठमाडौं उपत्यकाभित्र मास्क नलगाई सार्वजनिक सवारी साधनमा चढ्न नपाइने भएको छ ।

उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि लागुहुने गरी सार्वजनिक सवारी साधनमा मास्न नलगाई यात्रुलाई चढ्न रोक लगाउने निर्णय गरेका हुन् । प्रशासनले सर्वसाधारणले टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न पनि निर्देश गरेको छ । यस्तै सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने पनि निर्णयमा उल्लेख गरिएको छ ।

चाडपर्वको समयमा बढी भीडभाड हुने भएका कारण प्रशासनले महामारीबाट वच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन निर्देशन गरेको छ । स्थानीय प्रशासनले राति १२ बजेदेखि लागू हुने गरी उपत्यकाभित्र अनावश्यक रूपमा भिडभाड गर्न, मेला र महोत्सव गर्न समेत रोक लगाएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन थालेको थियो । पछि संक्रमण केही कम हुँदै गएपछि निषेधाज्ञामा केही छुट दिई्रदै गएको छ । यद्यपी, आम मानिसको चलहपहल भने सामान्य अवस्थामा जस्तै नै रहेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/आदेश_20210930_0001.pdf”]

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ५८ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना