२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका लागि सरकारले बनायो कार्यदल



बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघिय सरकारलाई सफारिस गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश गर्न
कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समेत प्रवक्ता खड्काले जानकारी दिए ।

प्रवक्ता खडेकाका अनुसार बैठकले उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) अनुसार यस भन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैया प्रदान गर्न सकिने गरी संसोधन गरेको छ ।

बैठकले प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८÷०७९ अस्थायी दरवन्दीलाई २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको मन्त्री खड्काले बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : ५९ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा