२३ बैशाख २०८१, आइतबार | May 5, 2024

दुई नेपाली महिलाले गरे धवलागिरि हिमालको सफल आरोहण



काठमाडौं । विश्वको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गर्नुभएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । उक्त कम्पनीबाट आजै अन्य २० जनाले धवलागिरि आरोहण गरेका थिए । यसअघि नेपाली महिलाले धवलागिरिको आरोहण गरेको रेकर्ड छैन ।

श्रेष्ठ फोटो पत्रकार र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुन् । “श्रेष्ठ शिखर पुगेर फर्केपछि तेस्रो क्याम्पबाट बिहान मसँग कुराकानी भएको थियो । आज साँझसम्म आधार शिविर आइपुग्ने योजना छ,” उनकी साथी पत्रकार सृष्टि काफ्लेले भनिन् ।

शरद् ऋतुको आरोहणका लागि उक्त कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि आरोहणमा गएका थियो । गोरखा आरुघाट निवासी उहाँको टोलीले यसअघि गत वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठहजार ०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान बनाएको थियो । कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल पनि आरोहण गरेकी थिइन ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा हिमाल आरोहणका लागि २५ आरोही समूहका २३० आरोहीले आरोहण अनुमति लिएकामा धवलागिरि आरोहणका लागि चार आरोही समूहका १२ महिला र २८ पुरुष गरी कूल ४० आरोहीले आरोहण अनुमति लिएका थिए । यस याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ आरोही समूहका १७१ आरोही छन् । मनास्लु आरोहणमा ३८ महिला र १३३ पुरुषले अनुमति लिएका थिए ।

धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।

सन् १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि आरोहण गरेको रेकर्ड छ तर विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वेक्षण गरेको भए पनि १९४९ को स्विस हवाई सर्वेक्षण अज्ञात थियो । केही समयअगाडि विश्व कीर्तिमानी बनाउने क्रममा म्याग्दीका निर्मल पुर्जाले अक्सिजनबिना नै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : १३ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच