१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तिलोत्तमा रुपन्देहीको दोस्रो क्लब एसेम्बली, आरसिसि भिलेजमा १ हजार डलरको परियोजना ल्याउन सुझाव



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ९५ नियमित बैठक तथा दोस्रो क्लब एसेम्बली सम्पन्न भएको छ ।

आरआई डिष्ट्रिक ३२९२ जोन २८ का एजी देवि गुरुङले शुक्रबार बुटवलमा उद्घाटन गर्दै क्लबलाई ब्यवस्थित गर्दै लैजान एसेम्बली प्रक्रिया भएको बताईन । क्लबका रोट्याक्ट, ईन्ट्राक्ट, आरसिसि भिलेजमा आवश्यकताको आधारमा डिष्ट्रिकबाट १ हजार डलर सहयोग मिल्ने जानकारी गराउदै त्यसको सदुपयोग गर्न समेत सुझाव दिईन । रोटरी अन्तराष्ट्रियको मुल्यमान्यता अनुसार सात वटा फोकस एरियामा क्लबबाट भएपनि डिष्ट्रिकको रिपोर्ट र अवार्डमा नोमिनेसनमा पर्ने गरि लाग्न सुझाव दिईन । टिआरएफमा प्रत्येक सदस्यले २५ डलर र क्लबबाट पोलियो उन्मुलनका लागि ५० डलर समेत सहयोग गर्न उनले सुझाव बताईन । डिजिको निश्चित लक्ष्य अनुसार सबै सदस्यहरुबाट सहयोगको अपेक्षा रहेको बताईन ।

एसेम्बलीमा क्लब एडमिनिष्ट्रेसन कमिटि चेयर टीकाराम पाण्डेले आफ्नो टिमबाट लक्ष्यअनुसार प्रगति विवरण पेश गरे । कोभिडकै कारण धेरै समस्या हुदाहुदै पनि दन्त चिकित्सकमार्फत अन्तरक्रिया, कर्डको तालिम, रोटा क्विजका लागि समेत रिजन ५ को स्पोन्सर गर्ने तयारी गरेको उनले बताए ।

यसैगरि मेम्बर कमिटि चेयर केशव बहादुर कुवरले नया सदस्यहरुको क्लासिफिकेशन, वर्षमा १० प्रतिशत सदस्य बढाउने काममा प्राथमिकता दिएको, स्याङ्जामा नया क्लब स्थापना गर्ने तयारी समेत भैरहेको उनले बताए । ईच वान ब्रिन्ङ वान नारालाई सार्थकता दिनेगरि काम गर्दै आएको उनले बताए ।

यसैगरि पब्लिक ईमेज कमिटि चेयर भगवती घिमिरेले क्लबका गतिविधिलाई संचार माधयममा ल्याउनुका साथै समुदायमा सचेतनाका कार्यक्रमहरु समेत चलाएको बताईन । कोभिड संक्रमणको जोखिमलाई रोक्न मास्क वितरण र सचेतनाका लागि समेत गतिविधि गर्दै आएको उनले बताईन ।

सर्भिस प्रोजेक्ट कमिटि चेयर शंकर पाण्डेको अनुपस्थितिमा अर्जुन आचार्यले पेश गर्दै फण्ड राईजिङ, वाटर एण्ड सेनिटाईजर, सोसल प्रोजेक्ट अन्तरगत लागुअौषध विरुद्ध सचेतना, चाईल्ड हयाप्पि स्कुल, कोभिड विरुद्ध सचेतना जगाउने गरि ४ हजार ५ सय मास्क वितरण गरिएको उनले बताए । बुद्घ राष्ट्रिय वन क्षेत्र देवदहमा वातावरण जोगाउन अभियान अन्तरगत वृक्षारोपण कार्यक्रम गरिएको उनले बताए । यसैगरि निशुल्क स्वस्थ्य शिविर, रक्तदान कार्यक्रम लगायत गरिने उनले बताए ।

रोटरी फाउन्डेसन कमिटि चेयरका सरोज पन्तले सतप्रतिशत पिएचएफ बनाउने योजनामा रहेको भन्दै यसका लागि अग्रसरता गरिरहेको बताए । क्लबमा हाल १५ जना पिएचएफ रहेको उनले बताए । आरआई कन्भेन्सनमा समेत बढिभन्दा बढि सहभागी बनाउने लक्ष्यसमेत रहेको बताए । निवर्तमान अध्यक्ष गोपाल ज्ञवालीले एसेम्बली कार्ययोजना बनाउने रुपमा रहेको बताउदै महत्त्वपूर्ण भएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष विष्णु चापागाई, पुर्वअध्यक्ष बालकृष्ण अर्याल, सरजेन्ट आर्म ओमप्रसाद अर्यालले क्लबको नीति र डिष्ट्रिक गर्भनरबाट निर्देशनमा कार्य गर्दै आएको बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले