१५ बैशाख २०८१, शनिबार | April 27, 2024

प्रकोप बन्दै शापु रोग, बालबालिका उच्च जोखिममा



काठमाडौं । दृष्टिनाशक रोग शापु नेपालको मध्य पहाडी भेगमा महामारीको रूपमा देखिएको छ । प्राय वर्षायाममा भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण हुने गरेको छ ।

मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । धेरैजसो बच्चाहरू यस रोगबाट ग्रसित हुने गरेका छन् । शापु अन्य उमेर समूहका मानिसमा पनि देखिने गरेको छ ।

नेपालमा मात्र हुने यो रोग बच्चाका लागि निकै खतरनाक मानिन्छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यसले नेपालमा समस्याको रूपमा लिइरहेको छ ।

सेतो पुतली (मोथ)लाई शापु रोगको कारक मानिएको छ । तर, कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने गरेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

नेपालमा वि. सं. २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञहरूको भनाई छ । बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दखल पुर्‍याउने स्थिति छ । यो रोग हरेक वर्ष बिराएर प्रकोपको समस्याका रूपमा देखिएको छ ।

शापु रोगका लक्षणहरू
– एक्कासी एउटा आँखा रातो हुनु
– चिप्रा लाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखाको दृष्टिमा तत्कालै कमी हुनु
– आँखा दुख्नु
– उपचारमा ढिलो भएमा आँखाको नानी सेतो देखिनु

शापु रोगको रोकथाम
– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो बत्ती नबाल्ने
– साँझ र राती झ्याल ढोका बन्द राख्ने
– झ्याल ढोकामा जाली हाल्ने
– सुत्दा बत्ती निभाएर र झुल लगाएर सुत्ने
– आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्ने

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ८ : ०२ बजे

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम