२६ माघ २०८२, सोमबार | February 10, 2026

प्रकोप बन्दै शापु रोग, बालबालिका उच्च जोखिममा



काठमाडौं । दृष्टिनाशक रोग शापु नेपालको मध्य पहाडी भेगमा महामारीको रूपमा देखिएको छ । प्राय वर्षायाममा भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण हुने गरेको छ ।

मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । धेरैजसो बच्चाहरू यस रोगबाट ग्रसित हुने गरेका छन् । शापु अन्य उमेर समूहका मानिसमा पनि देखिने गरेको छ ।

नेपालमा मात्र हुने यो रोग बच्चाका लागि निकै खतरनाक मानिन्छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यसले नेपालमा समस्याको रूपमा लिइरहेको छ ।

सेतो पुतली (मोथ)लाई शापु रोगको कारक मानिएको छ । तर, कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने गरेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

नेपालमा वि. सं. २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञहरूको भनाई छ । बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दखल पुर्‍याउने स्थिति छ । यो रोग हरेक वर्ष बिराएर प्रकोपको समस्याका रूपमा देखिएको छ ।

शापु रोगका लक्षणहरू
– एक्कासी एउटा आँखा रातो हुनु
– चिप्रा लाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखाको दृष्टिमा तत्कालै कमी हुनु
– आँखा दुख्नु
– उपचारमा ढिलो भएमा आँखाको नानी सेतो देखिनु

शापु रोगको रोकथाम
– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो बत्ती नबाल्ने
– साँझ र राती झ्याल ढोका बन्द राख्ने
– झ्याल ढोकामा जाली हाल्ने
– सुत्दा बत्ती निभाएर र झुल लगाएर सुत्ने
– आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्ने

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ८ : ०२ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी