१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत आजदेखि काठमाडौंमा पालिका अधिवेशन सुरु हुने भएको छ । देशकै ठूलो महानगरसहित ११ वटा पालिका रहेको कामाडौंमा दक्षिणकालीबाहेक आजबाट १० वटा पालिकाको अधिवेशन सुरु हुने भएको हो ।

दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । निर्वाचन समितिले पठाएको अन्तिम मतदाता नामावलीमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ वडा अधिवेशन हुन नसकेको आचार्यले बताए ।

‘दुई पटक मतदाता नामावली पठाइसकेका छौँ तर पनि सहमति गरेका छैनन्’, आचार्यले भने, ‘पछिल्लो पटक भने पुनः नामावली पठाउनु भन्नु भएको छ, हामी निर्वाचनमै व्यस्त बनेकाले भोलि सम्म पठाउछौँ ।’ ५ असोजबाट सुरु भएको काठमाडौंको वडा अधिवेशनको अन्तिम परिणाम आउन ढिलो भएकाले आजका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो ।

देशकै ठूलो र जेठो काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभागृहमा संचालन हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको काठमाडौं महानगर समितिले १५ वर्षपछि नेतृत्व पाउन लागेको छ । ११ औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन भएन ।

लामो समयपछि अधिवेशन हुन लागेकोले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । महानगरको सभापतिका लागि संस्थापनबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम