२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

‘तोरन्ल्ह गोल्डकप’ सञ्चालन गर्न ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना



म्याग्दी । प्रत्येक तीनरतीन वर्षमा आयोजना हुने ‘तोरन्ल्ह गोल्डकप’ तारा (आर्चरी) खेल प्रतियोगितालाई निरन्तरता दिन रु ५१ लाखको अक्षयकोष स्थापना गरिएको छ ।

थकाली सेवा समितिले स्वदेश तथा विदेशमा रहेका थकाली समुदायबाट चन्दा सङ्कलन गरेर ‘तोरन्ल्ह गोल्डकप अक्षयकोष’ स्थापना गरेको हो । समितिका महासचिव रविन भट्टचनले थकाली समुदायको पहिचानसँग जोडिएको तारो खेल संरक्षण गर्न अक्षयकोष स्थापना गरिएको बताए ।

कोषमा निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्ष स्व शरदकुमार गौचनका नाममा उनकी श्रीमति आशाले रु दश लाख सहयोग गरेकी छन् । “दशौँ पटकसम्मको प्रतियोगिता चन्दा र सहयोग जुटाएर सञ्चालन गरेका थियौँ”, भट्टचनले भने, “तोरन्ल्ह गोल्डकपलाई निरन्तरता दिन अक्षयकोष बनाएका छौँ ।”

कोषको ब्याज आउन थालेपछि प्रतियोगिताको पुरस्कार र व्यवस्थापन खर्च जुटाउन सहज हुने समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले बताए । प्रतियोगिताका विजेतालाई सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु एक लाख नगद पुरस्कार व्यवस्था गरेका छन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश रु ५० हजार, रु २५ हजार र रु दश हजार पुरस्कार पाउने समितिले जनाएको छ । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

यसैबीच म्याग्दीको बेनीमा शुक्रबारदेखि ११ औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समितिको बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँका १८ समूहका १२६ खेलाडी सहभागी छन् ।

एक समूहमा एक वैकल्पिकसहित सात जनाले सहभागिता जनाउने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गरे ।

समितिले प्रत्येक तीनरतीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । विसं २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको जोखिमका कारण एक वर्षपछि धकेलिएको हो । सांसद तुलाचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । थकाली सेवा समितिअन्तर्गतका क्षेत्रीय समितिले लोपोन्मुख भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गम्भीर भएर सोच्न तथा सरकारको ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।

मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाइ र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करिब डेढ सय मिटर वारिपारि राखिएका दुई फल्याकमा तीर हान्ने गरिन्छ । रासस

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : ४८ बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री