६ श्रावण २०८३, बुधबार | July 22, 2026

कन्टिनरको आभा (भाग-३)



एसएलसीमा उत्कृष्टताको मीठो फल हासिल गरेपछि उत्साहित भरोसेले नेपालगञ्जदेखि काठमाण्डौँसम्म कक्षा एघारदेखि बाह्रसम्म,एमबीबीएसदेखि एमडीसम्म पढ्नको लागि पनि छात्रवृत्तिकै टेकोबाट पूरा ग¥यो,बाबुआमालाई आर्थिक भार,नपारेर । अन्य आवश्यक खर्च मात्र घरबाट बेहोरिन्थ्यो । यसरी कृष्णभरोसे बालमिकी योग्य चिकित्सक बन्यो । डा.कृष्णभरोसे बालमिकी ।

यतिबेला कृष्ण भरोसेको उमेरको फन्को उकालोतिर चढ्दै गर्दा उसलाई जीवन दिने डाक्टर प्रमोद शर्माको केश फुल्दै गरेको जीवन क्षितिजबाट तल ओर्लिरहेको थियो । तथापी उनको अनुभवको पारो उध्र्वगतितिरै थियो । स्मरण क्षमता केही ओरालिए तापनि जीवनभर थपिदै जाने अनुभव उकालोतिरै थियो,बरिष्ट चिकित्सक प्रमोद शर्माको । त्यही कारण जागिर रुपी चौतारोले विदा दिइसके तापनि पेशागत क्षमताले उनलाई समातिरहेको थियो, भेरी अस्पतालको करार सेवाले ।

कथाकार

अध्ययन सकेर नियुक्ति समेत लिई आफनो भूमि नेपालगञ्ज आएको कृणभरोसे बालमिकी सर्बप्रथम डाक्टर प्रमोद शर्मालाई भेट्न गयो, हातभरि कोशेली तथा छातिभरि सम्मान र कृतज्ञता भरेर ।

भन्यो–“हजुरको सुझाव र आशिर्वादले मैले फिजिसियन बिषयमा एमडी सकेर आएँ सर, हजुरको दर्शन गर्न ।”
खुशीले गदगद भएका डाक्टर प्रमोद भन्छन्–
“धन्यवाद । अति राम्रो गरेछौ । जीवनको एउटा लक्ष्य पार ग¥यौ । मलाई अत्यन्त खुशी लाग्यो बाबु, तिम्रो सफलतामा । जीवनमा यस्ता अन्यान्य गल्ली गल्छेडाहरु तमाम हुन्छन् असीमित । पुग्यो भनेर मात्तिने र पुगेन भनेर आत्तिने बानीले आफैलाई ह्रासोन्मुख बनाउँछ,मान्छेलाई । तत्कालीन सीमिततामा नअल्झेर सुदूर भविष्यको सकारात्मक सोच बनाई जीवन परान्त इतिहासको पानामा बाँचिरहने सोच, मानव जीवनको सर्वोच्च लक्ष्य हुनुपर्छ । जीवनमा अध्ययन र अभ्यास कहिल्यै सकिदैन । कसैले सकियो भनेर गर्व गर्छ भने उसको भविष्य पनि सकियो । मानिसको अभिमानले अरुलाई भन्दा ऊ आफैलाई क्षति गर्छ ।

हामी डाक्टरको कुशल चिकित्सा र विश्वसनीयतामा मानिसको जीवन अडेको हुन्छ । अतः हामीले सजगता र इमानदारिताका साथ आफ्नो चिकित्सकीय कर्तव्य निर्वाह गर्नु पर्छ । अनि एउटा भनाई छ, बोलीमा मीष्ठता व्यवहारमा शिष्ठता पनि विरामीको आधा औषधि हो । व्यवहारतः यो केही सत्य पनि हो । यसलाई हामी सबै स्वास्थ्यकर्मीहरुले मूलमन्त्रको रुपमा पालना गर्नु उपयुक्त हुन्छ ।

जागिर त छात्रवृत्तिले सोझाएकै थियो,पहिले नै । त्यसमा पनि आफ्नै घरपायकमै परेछौ, भेरी अस्पतालमा । राम्रो भयो । तिमीलाई पनि घर परिवेशमा राम्रै हुन्छ । तिमी त दुर्लभ र उदाहरणीय व्यक्तित्व पनि हौ,सबैको सहानुभूति र सम्मान योग्य पात्र । राष्ट्रको निधि हौ । सरकारी कर्मचारी भएपछि सधै एकै ठाउँ बस्न त नपाइएला तर घुमिघुमि आउन पाइन्छ । अभ्यासको लागि तिमीलाई मै सेवा अवकाशपछि खोलेको निजी अस्पतालको ढोका पनि खुलाछ ।
म पनि अस्ताउँदो घाम भैसकें । उमेरले धकेलेर सरकारी सेवाबाट रिटायर भए पनि पेशाले छोडेन, मलाई ।

०००
तीन महिना पश्चात, कर्तव्यनिष्ठ, नियमित विरामी सेवामा समर्पित डा.कृष्णभरोसे बालमिकी कार्यरत अस्पतालको,स्वास्थ्य परीक्षण कक्षमा एउटी मुख फुलेकी छात्ति सुकेकी,खुट्टा सुकेकी एउटी दीर्घरोगले ग्रसित जस्ती लाग्ने ख्याउटे वृद्ध महिला,स्वास्थ्य परीक्षणको लागि आइपुगिन् ।

स्वास्थ्य परीक्षण क्रममा डाक्टर भरोसे–“के भएको छ आमा तपाईलाई?”
कम्पित स्वरमा बिरामी बृद्धा–“डाक्टर साव ! मलाई पिसाव लागिरहन्छ । मुख सुकिरहन्छ । छात्ति दुखिरहन्छ । अलिकति हिड्यो कि स्वाँस्वाँ पनि हुन्छ ।”

डाक्टर– (स्टेस्थेस्कोपले छाति र पिठ्यूमा चेक गरेपछि)–आमालाई प्रेसर पनि रहेछ,सुगर पनि छ जस्तो छ. फोक्सो पनि खराब जस्तो छ । एकफेरा डिटेल रिपोर्ट हेर्न पर्ने भयो । मैले प्याथोलजी र अल्ट्रासाउनको लागि लेखिदिएकोछु । यो रिपोर्ट ल्याउनु होला । त्यो हेरेपछि सबै रोग त्यहाँ देखिन्छ । अनि उपचार गरौंला है आमा ? सन्चो हुन्छ । चिन्ता मान्नु पर्दैन । चिन्ता मान्यो भने सबै रोगले च्याप्छ । निश्चिन्त भएर दह्रो आत्मबल बनायो भने रोगलाई दबाउन पनि सकिन्छ । ल विस्तारै जानुस् है आमा ?

सबै रिपोर्ट ल्याएर पुनःपरीक्षणमा आउँदा डाक्टरले विरामीप्रति देखाएको विनयशील,दयालु व्यवहारदेखी प्रभावित, ती वृद्धाले कौतुहल पोखिन्–
“डाक्टर बाबुको घर काँ परो होला कुन्नी ? ”
जवाफमा डाक्टर भरोसेको जिज्ञासा–“ किन आमा ? अरुलाई वास्ता नभएको कुरामा तपाईले किन चासो राख्नु भयो ?”
वृद्धा विरामी–“त्यस्तो खास केही हैन बाबु, तपाईको व्यवहार मलाई साह्रै मन प¥यो । मेरो जिन्दगीमा भेटिएका अहिलेका मान्छेहरु भन्दा भिन्न । त्यसैले डाक्टर बाबुलाई मनबाट मात्र हैन,मुखैबाट आशिर्वाद दिउँ अनि परिचय मागौं भनेर मेरो मनले कुत्कुत्याएर हो बाबु । अन्यथा पर्न गए माफ पाउँ ।

डाक्टर भरोसे– “अन्यथा किन हुन्थ्यो नि आमा । राम्रो कुरा हो, मनमा उव्जिएको कुतुहललाई मुखमा ल्याएर प्रष्टिन खोज्नु । म पनि मनमा लागेको जिज्ञासालाई मनमै बन्दी बनाउन नचाहने मान्छे हुँ । प्रष्टवादी । त्यसो भए अब सुन्नुस,मेरो राम कहानी–
म बस्ने घर यहीँ नगरभित्रै छ, शरीर सुस्ताउने र मन रमाउने बास । मेरो नाम साइनबोर्डमा देखिहाल्नु भो होला,कृष्णभरोसे बाल्मिकी । मेरो खास जन्मस्थान –कन्टिनर–हो । यहीँको सडकछेउको कन्टिनर । कुनै निर्दयी महिलाले मलाई धर्तिमा अवतरण गराएर कन्टिनरमा फालेकी रहिछन् । के कारणले हो,अनुसन्धाताहरुले अनुमान लाए होलान् । अनि मलाई कर्मदिएर यहाँसम्म पु¥याउने धर्मका बुवा हुनुहुन्छ झिङुर बालमिकी र आमा कुन्नी बालमिकी । मेरो पूरा परिचय यही हो । अनि तपाई को… ?” ।

डाक्टरको मुखबाट यति अन्तरङ्गदेखि चुइएको “कन्टिनर”शब्दको वाण लागेर ती वृद्धा ठाउँमै ढलिन् । डाक्टर कृष्णभरोसेसंग जोडिएको स्मृतिको आगोले मुटु जलाएछ क्यारे ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : १७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं