२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियो : महासचिव डा. शर्मा



लण्डन । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेम राज शर्माले कोरोनाकालमा गरिएका उद्धार तथा पुनःस्थापनकासंग जोडेर एनआरएनए नेतृत्वमाथि सुनियोजित आरोप लगाइएको बताएका छन् ।

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए । आफूहरु संघप्रति सधैं इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए । ‘हामी यहीँ छौ । एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,’ उनले चुनौति दिंदै भने, ‘संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानविन गराउने हो गराए हुन्छ ।’

एनआरएनएको पुर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा. शर्माले भने, ‘संस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।’ विगत फर्जी मतदान गर्नेहरुले अनलाईन भोटिङको व्यवस्थापछि आफूले चलखेल गर्न सक्ने नदेखेपछि मन्त्रालय गुहारेका उनले बताए ।

तोकिएको चुनाव समयमै गर्न र संस्थालाई चलायमान बनाउनुको विकल्प नरहेको डा. शर्माको भनाइ छ । त्यसका लागि विवाद उत्पन्न भएका देशका प्रतिनिधिहरुलाई चुनावी प्रक्रियाबाट अलग गर्न सकिने पनि उनको भनाइ छ ।
एनआरएनएलाई पार्टीको अंग बनाउन चाहनेहरुले निशुल्क सदस्यको विरोध गरेका भन्दै एनआरएनएका सम्पूर्ण सदस्यले नै मतदान गर्ने व्यवस्था गर्न आफू तयार रहेको र त्यसका लागि अन्यलाई पनि चुनौति दिएका छन् ।

मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या पहिचान गर्ने र नेपाल सकारलाई झक्झकाउनका लागि दोस्रो महाधिवेशन कतारमा आयोजना गरिएको प्रष्ट पारे । मध्यपूर्वलाई सुरुमा एनआरएनए अभियानबाहिर राख्न सरकारी तवरबाटै प्रयास भएको जनाउँदै डा। शर्माले त्यसलाई रोक्न आफूहरुले निकै मेहनत गरेको स्मरण गरे ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : २१ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११