१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियो : महासचिव डा. शर्मा



लण्डन । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेम राज शर्माले कोरोनाकालमा गरिएका उद्धार तथा पुनःस्थापनकासंग जोडेर एनआरएनए नेतृत्वमाथि सुनियोजित आरोप लगाइएको बताएका छन् ।

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए । आफूहरु संघप्रति सधैं इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए । ‘हामी यहीँ छौ । एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,’ उनले चुनौति दिंदै भने, ‘संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानविन गराउने हो गराए हुन्छ ।’

एनआरएनएको पुर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा. शर्माले भने, ‘संस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।’ विगत फर्जी मतदान गर्नेहरुले अनलाईन भोटिङको व्यवस्थापछि आफूले चलखेल गर्न सक्ने नदेखेपछि मन्त्रालय गुहारेका उनले बताए ।

तोकिएको चुनाव समयमै गर्न र संस्थालाई चलायमान बनाउनुको विकल्प नरहेको डा. शर्माको भनाइ छ । त्यसका लागि विवाद उत्पन्न भएका देशका प्रतिनिधिहरुलाई चुनावी प्रक्रियाबाट अलग गर्न सकिने पनि उनको भनाइ छ ।
एनआरएनएलाई पार्टीको अंग बनाउन चाहनेहरुले निशुल्क सदस्यको विरोध गरेका भन्दै एनआरएनएका सम्पूर्ण सदस्यले नै मतदान गर्ने व्यवस्था गर्न आफू तयार रहेको र त्यसका लागि अन्यलाई पनि चुनौति दिएका छन् ।

मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या पहिचान गर्ने र नेपाल सकारलाई झक्झकाउनका लागि दोस्रो महाधिवेशन कतारमा आयोजना गरिएको प्रष्ट पारे । मध्यपूर्वलाई सुरुमा एनआरएनए अभियानबाहिर राख्न सरकारी तवरबाटै प्रयास भएको जनाउँदै डा। शर्माले त्यसलाई रोक्न आफूहरुले निकै मेहनत गरेको स्मरण गरे ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले