४ भदौ २०८३, बिहिबार | August 20, 2026

सबै कम्युनिष्ट तागत मिलेर आएपनि कांग्रेसले जित्नुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा काग्रेसले जित्नैपर्ने बताएका छन् ।

शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले आसन्न १४औं महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु मिलेर आएपनि जित्ने नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

थापाले कम्युनिष्टहरु विरुद्ध जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताए । नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’ थापाले कम्युनिष्ट र मधेशी दलहरु एक भएर आए भने पनि जित्ने तागतसहितको संगठन निर्माण गर्नुपर्ने बताए । त्यसका लागि पार्टी महाधिवेशमा हुने निर्वाचनमा प्रतिनिधिहरुले विवेकपूर्ण निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

नेता थापाले महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने आवश्यकता देखाए । अहिले जसरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन नसक्ने उनको ठहर थियो । कांग्रेसभित्र ठूलो सुधारको खाँचो रहेको उनले औंल्याए । थापाले भने, कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ । त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।’

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ४३ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब