२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

पावर लिफ्टिङ्गको उपाधि बिक्रम र कोमललाई



बुटवल । नेपाल पावर लिफ्टिङ्ग उपाधि बिक्रम डम्बरपाल र कोमल कुमारी थापाले जितेका छन । नेपाल पावर लिफ्टिङ्ग संघको तत्वाधानमा व्यायाम व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगितामा पुरुष तर्फ कुल ४३१ केजी बजन बिक्रम डम्बरपाल र महिला तर्फ कुल २९२ केजी बजन उचालेर कोमल कुमारी थापाले उपाधि जितेका हुन ।

चारवटा चरणमा सञ्चालन भएको प्रतियोगितामा उपाधि हासिल गरेका दुवै जनाले ट्रफी सहित ५/५ हजार नगद समेत प्राप्त गरेका छन । बिजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा सनराइज बैंकका प्रबन्धक नविन थापाको प्रमुख आतिथ्यता रहेको थियो । छनोट चरण पार गर्दै ३० जना खेलाडीहरु फाइनल राउण्डका लागि प्रवेश गरेका थिए । बुटवल ३ स्थित सिध्दबाबा पार्टि प्यालेसमा सम्पन्न फाइनल राउण्डमा पुरुष ६५ केजी भन्दा माथि समुहमा प्रकाश चौधरी प्रथम मनोज मल्लाह दोश्रो तथा प्रस गुरुङ तेस्रो भए ।

६५ केजी भन्दा मुनिको समुहमा बिक्रम डम्बरपाल प्रथम उदयराज पाण्डे दोश्रो र आबिष्कार खड्का तेस्रो भए । महिला तर्फ ६० केजी भन्दा माथी समुहमा कोमल कुमारी थापा प्रथम निधिका नेपाल दोश्रो शान्ति थापा तेस्रो हुन सफल भए ।

यस्तै महिला ६० केजी भन्दा तलको समुहमा मिना कुमारी खाम्चा प्रथम मन्जिता राजभण्डारी दोश्रो प्रविना रोकाया तेस्रो भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि, अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ्ग संघ प्रतियोगिता संचालन समितीका सचिब सुरेश सुवेदी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष सितु प्रसाद श्रेष्ठले प्रमाणपत्र, ट्रफी मेडल सहित नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको मुख्य प्रायोजन सनराइज बैकले गरेको छ । सो प्रतियोगिताकोे निर्णय मुख्य निर्णायक बुध्दिजंग कार्की, निर्णायकमा शिवध्वज राई ,केशब बहादुर शाक्य, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र सुकदेव कार्किले गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ११ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा