२ बैशाख २०८३, बुधबार | April 15, 2026

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।

काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार भएपनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चा सिंहलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेका हुन् ।

सम्मेलन हलबाट नेतृत्व चयन हुन नसक्ने देखेपछि क्रान्तिकारीले पार्टी अध्यक्ष प्रचण्डलाई अध्यक्ष चयन गर्न आग्रह गरेका थियो । आज बिहान मात्रै क्रान्तिकारीका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर नेतृत्व चयनका विषयमा छलफल गरेका थिए । प्रचण्डले त्यहीँ पञ्चा सिंहलाई अध्यक्ष बनाउँदा अखिल क्रान्तिकारीकै इतिहासमा महिला नेतृत्व चयन हुने भन्दै पञ्चालाई अध्यक्ष तोकेका थिए ।

अब क्रान्तिकारीले नेतृत्वको घोषणा गर्दै राष्ट्रिय सम्मेलन समापनको घोषणा गर्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : ५६ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले