४ पुस २०८२, शुक्रबार | December 20, 2025

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।

काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार भएपनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चा सिंहलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेका हुन् ।

सम्मेलन हलबाट नेतृत्व चयन हुन नसक्ने देखेपछि क्रान्तिकारीले पार्टी अध्यक्ष प्रचण्डलाई अध्यक्ष चयन गर्न आग्रह गरेका थियो । आज बिहान मात्रै क्रान्तिकारीका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर नेतृत्व चयनका विषयमा छलफल गरेका थिए । प्रचण्डले त्यहीँ पञ्चा सिंहलाई अध्यक्ष बनाउँदा अखिल क्रान्तिकारीकै इतिहासमा महिला नेतृत्व चयन हुने भन्दै पञ्चालाई अध्यक्ष तोकेका थिए ।

अब क्रान्तिकारीले नेतृत्वको घोषणा गर्दै राष्ट्रिय सम्मेलन समापनको घोषणा गर्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको