४ भदौ २०८३, बिहिबार | August 20, 2026

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताएका हुन् । “४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ”, उनले भने । दसैँलगत्तै एक लाख फाइजर खोप आउने उनको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फागुनसम्म खोप आउने र बालबालिकालाई उपलब्ध गराउने बताए । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठको भनाइ थियो । राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले सङ्क्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिँदै पूर्वतयारी स्वरूप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।

फाउन्डेशनले रु ४१ करोड ४८ लाख ४९ हजार ३०० बराबरको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको नकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ४० बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब