३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

प्रभु साह समुहका २५ जनाले दिए एमालेबाट सामूहिक राजीनामा



काठमाडौं । नेकपा एमालेको २ नमबर प्रदेश कमिटीका २५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्र त्याग गरेर एमालेमा गएका नेता प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेकोमा माग सम्बोधन नभएको भन्दै साह निकट २५ जनाले सामूहिक राजनीनामा दिएका हुन् ।

एमालेको २ नम्बर प्रदेश कमिटीका सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका हुन् ।

गत असोज ११ गते २ नम्बर प्रदेश कमिटीका अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए ।

‘हामीले नेकपाकैं निरन्तरताको रुपमा बुझ्दैं आएको नेकपा ९एमाले०मा हाम्रो पक्षको आम मनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता क. प्रभु साहज्यूले राख्नुभएको ८ बुँदे मागलाई नजरअन्दाज गर्ने तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन हाम्रो सहमति बिना नै कमिटीमा केहि मान्छेको मात्र नाम राखी हामी भित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरुलाई छोडेर/निषेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हित विपरित छ ।’ उनीहरुले दिएको राजीनामामा लेखेका छन् , -‘महाराजा/महारानी शैलीमा कुनैपनि बिधि, प्रक्रिया, मापदण्ड तथा विगतमा भए गरेको सबै सहमति सम्झौता विपरित महाधिवेशनको मुखमा चाकडि बजाउने ब्यक्तिहरुलाई खल्तीका मान्छेहरुलाई प्राथमिकताका साथ हुल्ने काम भयो ।’ उनीहरुले ज्वाला साहको कदमलाई नियोजित र त्रुतिपूर्ण हर्कत समेत भनेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ५४ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट