७ बैशाख २०८३, सोमबार | April 20, 2026

लाफा बि लेभल पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न



बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा जारी ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को पहिलो चरणको खेल सम्पन्न भएका छन ।

मौसममा खराबी आएपछि खेल समापन गर्ने भनिएको दिनसम्म पहिलो चरणको खेल मात्र सकिएको हो । मौसमकै कारण खेल खेलाउन समस्या भएको समुहका अध्यक्ष तारा रेश्मीले बताए । आईतबार रातीसम्म भएको पहिलो चरणको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सैनामैना भलिबल सघलाई २–१, चरङे युवा क्लब  ले इभ्यालुएसन तामनगरलाई २–१, नमस्ते गुल्मी (बि) ले सेन्ट जोसेफ माविलाई २–१, जितेश्वरी युवा क्लबले न्यु होराइजन मा बि (बि)लाई २–१, दिप बोर्डिङले नव प्रभात जितपुर ४ नम्बरलाई २–१, आयोजक लाफा निलोले सिद्धार्थ युवा क्लबलाई २–०, लाङघाली युवा क्लबले सक्रिय युवा क्लबलाई २–१ सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि नयागाउ भलिबल क्लब र जि एम समाज कावसतीले वाक ओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन । आईतबार नै दोस्रो चरणको खेल सञ्चालन गरिने सयोजक केशव रानाले बताए ।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

यसैगरि द्धितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने अध्यक्ष रेश्मीले बताए । आयोजकका अनुसार प्रतियोगिताको प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रबि)थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ०३ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै