४ भदौ २०८३, बिहिबार | August 20, 2026

आठौं महाधिवेशमा आफु अध्यक्षमा हारेको स्थान बुटवललाई रोजे ओलीले एमालेकाे दशौं महाधिवेशन स्थल



काठमाडौं । आठौं महाधिवेशनमा ११७ मतले अध्यक्ष पदमा पराजित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु हारेकै स्थानलाई दशौं महाधिवेशन स्थलकारुपमा तोकेका छन् । आज सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले १०औँ महाधिवेशन बुटवलमा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने ।

आज सम्पन्न विधान महाधिवेनले पार्टी केन्द्रीयक मिटीको तर्फबाट प्रस्तावित सांगठानिक संरचनालाई अस्विकार गर्दै केहि फेरबदल गरिदिएको छ । उपमहासचिव खारेज गर्ने, वरिष्ठ उपाध्यक्षको व्यावस्था नगर्ने प्रस्ताव गरिएकोमा महाधिवेशनले एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी निर्णय गरेको छ । यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थपेर पाँच उपाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको हो ।

यस्तै, एमालेमा उपमहासचिव पद नरहने प्रस्तावसहितको विधान मस्यौदा विधान महाधिवेशनमा पेस गरिएकोमा एमजना उपमहासचिव रहने निर्णय भएको छ ।

बुटवलमा २०६५ साल फागुन ५ देखि १४ गते सम्म चलेको आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग ११७ मतले पराजित भएका थिए ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : २२ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब