३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

सेवा उपलब्ध छैन भनेर कसैलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट बाहिर पठाईने छैन : डा. ईन्द्र ढकाल



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले आफ्नो पदभार ग्रहण गरेका छन् । आज एक समारोहकाबीच डा ढकालले पदभार ग्रहण गरे । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान भएका पूर्व मेसु डा. राजेन्द्र खनालले खादा ओढाएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र श्रोतलाई परिचालन गरि अस्पतालको आयश्रोत बृद्दीको व्यवस्था गरिने बताए । उनले अस्पतालमा उपलब्ध हुन नसकेको सेवाको विस्तार गरिने बताए ।

प्रदेश सरकारले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई हटाएर अघिल्लो साता मात्र डा. ढकाललाई निमित्त मेसुमा नियुक्त गरेको थियो ।

कार्यक्रममा अस्पताल विकास समितीका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान मेसु डा. खनालले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ०३ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट