२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बढ्यो नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले अहिले पाईरहेको रासनमा १५ प्रतिशत थप गरेर रासन पाउने भएका छन् । रासन वृद्धि सम्बन्धी निर्णय लागू गर्ने निर्णय गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाइल सदर गरेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन १५ प्रतिशतले बृद्धि हुने भएको हो । प्रतिस्थापन विधेयकमार्फत रास बृद्धिका निम्ति बजेट व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन् ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा कार्यान्वयन हुन सकेको थिएन ।

लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रासन बृद्धि नहुँदा बजार भाउको महङ्गी बढ्दा समस्या देखिएको थियो । नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा एक आर्थिक वर्षमा १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।

 

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा