११ श्रावण २०८३, सोमबार | July 27, 2026

पूर्वपश्चिम राजमार्गको दाङ-बाँके सीमा क्षेत्रमा बाघको बथान भेटियो, एक्ला एक्लै यात्रा नगर्न आग्रह



नेपालगन्ज । तपाई पूर्वपश्चिम राजमार्गको दाङ र बाँकेको सीमाक्षेत्र हुँदै यात्रा गर्दै हुनुहुन्छ भने सावधान हुनु होला । बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै सो क्षेत्रमा बाघको समुह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाते बाघ र चितुवाको समुह देखिएको डिभिजन बन कार्यालय लमहीले जनाएको छ ।

बन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा चितुवा र बाघको समुह देखा परेको छ । आइतवार राती लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको बन कार्यालयले जनाएको छ ।

कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : १३ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले