८ बैशाख २०८१, शनिबार | April 20, 2024

पूर्वपश्चिम राजमार्गको दाङ-बाँके सीमा क्षेत्रमा बाघको बथान भेटियो, एक्ला एक्लै यात्रा नगर्न आग्रह



नेपालगन्ज । तपाई पूर्वपश्चिम राजमार्गको दाङ र बाँकेको सीमाक्षेत्र हुँदै यात्रा गर्दै हुनुहुन्छ भने सावधान हुनु होला । बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै सो क्षेत्रमा बाघको समुह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाते बाघ र चितुवाको समुह देखिएको डिभिजन बन कार्यालय लमहीले जनाएको छ ।

बन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा चितुवा र बाघको समुह देखा परेको छ । आइतवार राती लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको बन कार्यालयले जनाएको छ ।

कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : १३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले