७ आश्विन २०८३, बुधबार | September 23, 2026

श्री एयरलाइन्सको जहाज घाँसमा चिप्लियो



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

मंगलबार बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ । ‘जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ’, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहएको पनि प्रवक्ता शेर्पाले जानकारी दिए । उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ । उडान अवतरणमा कुनै समस्या हुदैन ।’

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई