५ भदौ २०८३, शुक्रबार | August 21, 2026

मन्त्रालय बाँडफाँटबारे सत्तारुढ गठबन्धनबीच सहमति, कांग्रेसलाई ७, तीन दललाई ५/५ मन्त्रालय



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु मन्त्रालय बाँडफाँटमा सहमतिमा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज भएको छलफलमा मन्त्रालय बाँटफाँटमा सहमति भएको हो ।
सहमतिअनुसार कांग्रेसले सात मन्त्रालय पाउने भएको छ । कांग्रेसले हाल पाइरहेको मन्त्रालयबाहेक संचार, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ। यसअघि कांग्रेसको भागमा प्रधानमन्त्रीबाहेक गृह, परराष्ट्र र कानून मन्त्रालय परेको थियो ।

यसैगरी नेकपा माओवादी केन्द्रले अर्थ र उर्जा बाहेक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपालनी, कृषि तथा पशुपंशी मन्त्रालय लिने भएको छ ।

एकीकृत समाजवादीको भागमा रक्षासहित, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालय परेको छ । यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने सहमति बनेको छ ।

गठबन्धनका शीर्ष नेताहरुबीच बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । चार शीर्ष नेताहरुबीच मंगलबा बिहान ११ बजेदेखि एक घण्टा छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । सरकार बनेको तीन महिना हुने बेलासम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चारैतिर आलोचना बढिरहेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : २३ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा