४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्राध्यापक डा. जनार्दन आचार्यको राजनीतिक संस्मरण अव पुस्तकमा



नेपालगन्ज । नेपालगन्जमा रहेर राजनीतिक विश्लेषककारुप चिनिएका राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यद्वारा लिखित पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’को मंगलवार नेपालगन्जमा विमोचन गरिएको छ । पुस्तक प्रकाशक क्रियटिभ बुक्सले आयोजना गरेको विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र प्राध्यापक गोविन्द प्रसाद घिमिरेले पुस्तकको विमोचन गरेका हुन् ।

राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर डा आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ मा आचार्यले पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् । नेपाली राजनीतिको दुईधारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् ।

लेखक राजनीतिशास्त्रका प्राध्यापकसँगै लामो समय नेपाली कम्युनिष्ट आन्दोलनमा जोडिएका ब्यक्तित्व पनि हुन् । पञ्चायत विरोधी भुमिगत राजनीतिमा कम्युनिष्ट राजनीतिमा लागेका आचार्य एमालेको नेपालगन्जमा आयोजित छैटौं महाधिवेशन देखि राजनीतिबाट अलग रहेर स्वतन्त्र रहँदै आएका छन् ।

डा. आचार्यले लेखेका पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सले उक्त पुस्तक प्रकाशन गरेको हो । क्रियटिभ बुक्सले यसअघि ओलम्पियन, समृद्धिको बाटो, पाइला–पाइला, शून्यदेखि करोडपतिसम्म, कप्तान १९९८, चौकीदारदेखि वकिलसम्म, क्यान्टोनमेन्ट पुस्तक प्रकाशन गरिसकेको छ । ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौं प्रकाशन भएको बुक्सका संस्थापक टिएस ठकुरीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको