११ कार्तिक २०८३, बुधबार | October 28, 2026

मन्त्रालय बाँडफाँटमा सहमति: मन्त्रिपरिषद विस्तार अझै अनिश्चित



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन । ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन ।’

सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ ।

सहमतिअनुसार कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ । यसअघि उसले गृह, कानुन र परराष्ट्र मन्त्रालय सम्हाल्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि कांग्रेसबाट राज्यमन्त्री छन् ।

अब कांग्रेसले रक्षा लिएर कानुन मन्त्रालय एकीकृत समाजवादीलाई दिने भएको छ । यद्यपि एकीकृत समाजवादीले पनि रक्षा मन्त्रालयमा दाबी गर्दै आएको छ । कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की रक्षा वा सञ्चारमा सर्नेछन् ।

गठबन्धनका दलहरूले बुधबार मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराए बिहीबार (घटस्थापना) का दिन वा शुक्रबार सरकारले पूर्णता पाउने स्रोतको दाबी छ । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ४५ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६