२ बैशाख २०८३, बुधबार | April 15, 2026

पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको आज ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै नेता सिंहले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका हुन्। “स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ”, सिंहले भने ।

पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको १४औँ महाधिवेशनपछि आर्थिक रुपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्ने उल्लेख गर्दै आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक कांग्रेस नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताए । प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उनको भनाइ छ ।

“बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन”, नेता सिंहले भने । उनले राजनीतिलाई सेवाको रुपमा लिनसमेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको भएको जिकिर गरे ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ५४ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले