३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

एमसीसीबारे सबै दलको एकमत बन्नुपर्छ : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता सबै दलको सहमतिबाट मात्र अघि बढाउने बताएका छन् ।

बुधबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले दलहरुबीच सहमति भएपछि मात्रै एमसीसी सम्झौता अनुमोदनका लागि अघि बढाइने बताए । खड्काले यसबारे दलहरुको एकैस्वर हुनुपर्ने धारणा राखे । खड्काले राष्ट्रको हितमा भए तत्काल पास गरेर अघि बढ्नुपर्ने छैन भने अमेरिकालाई नेपालको हितमा नभएको प्रष्ट भन्नुपर्ने धारणा राखे ।

मन्त्री खड्काले भने, ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं ।’ उनले कांग्रेस र माओवादीकै गठबन्धनको सरकार भएको बेलामा एमसीसी सम्झौतमा हस्ताक्षर भएको स्मरण गराए ।

आजै मात्र निजी क्षेत्रका तीन संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता तत्काल अघि बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : ३५ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट