५ भदौ २०८३, शुक्रबार | August 21, 2026

एमसीसीबारे सबै दलको एकमत बन्नुपर्छ : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता सबै दलको सहमतिबाट मात्र अघि बढाउने बताएका छन् ।

बुधबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले दलहरुबीच सहमति भएपछि मात्रै एमसीसी सम्झौता अनुमोदनका लागि अघि बढाइने बताए । खड्काले यसबारे दलहरुको एकैस्वर हुनुपर्ने धारणा राखे । खड्काले राष्ट्रको हितमा भए तत्काल पास गरेर अघि बढ्नुपर्ने छैन भने अमेरिकालाई नेपालको हितमा नभएको प्रष्ट भन्नुपर्ने धारणा राखे ।

मन्त्री खड्काले भने, ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं ।’ उनले कांग्रेस र माओवादीकै गठबन्धनको सरकार भएको बेलामा एमसीसी सम्झौतमा हस्ताक्षर भएको स्मरण गराए ।

आजै मात्र निजी क्षेत्रका तीन संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता तत्काल अघि बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : ३५ बजे

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७