११ कार्तिक २०८३, बुधबार | October 28, 2026

माओवादीले मन्त्री छान्यो, अरू दलमा रडाको



काठमाडौं । स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र) ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ ।

नेकपा (एकीकृत समाजवादी) मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन । असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन । ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने ।

एसका अध्यक्ष माधव नेपालकै कारण सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएका थिए । उनले अढाइ महिनासम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री भएपछि देउवा एक्लै अघि बढ्ने प्रयासमा छन् । महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए । सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो । एसको भागमा सहरी, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कानुन, मन्त्रालय परेको थियो ।

एसले शक्तिशाली, विकासे र सेवा दिने मन्त्रालयको सन्तुलनकारी वितरण हुनुपर्ने माग गरेको छ। शक्तिशाली मानिने मन्त्रालय आफ्नो भागमा नपरेको भन्दै एसले असन्तुष्टि जनाएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ४६ बजे

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

काठमाडौं । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च