२६ बैशाख २०८१, बुधबार | May 8, 2024

दशैँ बजार: भक्तपुरमा जौँ र मकैको व्यापार



भक्तपुर । रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । ‘जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।’ उनले यसरी नै ग्राहक बटुल्छिन् ।

दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, ‘मोहनी नखा (दसैं) मा जौँ र मकैको जमरा राख्नुपर्छ । सबैलाई चाहिन्छ । त्यही भएर बेच्न आएकी हुँ ।’

चाँगुनारायण नगरपालिकामा उनको खेत छ । मकै र जौँ उत्पादन गरेकी उनी दसैंको मौका छोपेर बेच्न हिँडेकी हुन् ।

टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए । सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दसैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन् ।

उनी १० वर्षदेखि नै दसैंमा जौँ र मकैको व्यापार गर्दै आएका छन् । ‘यो आफ्नै खेतमा उत्पादन भएको हो । दसैंमा पूजा गर्न मात्रै नभई जमरा राख्नको लागि पनि चाहिन्छ, उनी भन्छन्, पहिले वर्षको १०र१० पाथी मकै र जौँ बेच्थे । अहिले व्यापार कम छ ।’
उनी ३० रुपैयाँ मानामा जौं बेचिरहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : ३८ बजे

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने