२१ असार २०८३, आइतबार | July 5, 2026

एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण छैन : एस अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को विधान महाधिवेशनलाई तमासाको संज्ञा दिएका छन् । बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्राउँदै अध्यक्ष नेपालले एमालेले कार्यकर्ताहरुमा भ्रम फैलाउन विधान महाधिवेशन गरेको बताए । भ्रममा परिरहेका कार्यकर्ताहरुलाई सत्यतथ्य बुझाउन आवश्यक रहेको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाउँदै एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको दाबी गरे । एमाले पार्टी पतनको दिशामा पुगिसकेको नेपालको ठहर छ । ‘नेकपा एमाले पतनको दिशामा गइसकेको छ,’ नेपालले भने, -‘अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ । अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकालेर एमाले छाड्नु भयो ।’

विधान महाधिवेशनबाट केहि सुधार हुन्छकी भनेर बसेका नेता जोशीले एमाले सुध्रीने सम्भावना नदेखेपछि एकिकृत समाजवादीमा सामेल भएको उनले बताए । ‘पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ,’ नेपालले भने ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १ : ३६ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा