६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण छैन : एस अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को विधान महाधिवेशनलाई तमासाको संज्ञा दिएका छन् । बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्राउँदै अध्यक्ष नेपालले एमालेले कार्यकर्ताहरुमा भ्रम फैलाउन विधान महाधिवेशन गरेको बताए । भ्रममा परिरहेका कार्यकर्ताहरुलाई सत्यतथ्य बुझाउन आवश्यक रहेको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाउँदै एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको दाबी गरे । एमाले पार्टी पतनको दिशामा पुगिसकेको नेपालको ठहर छ । ‘नेकपा एमाले पतनको दिशामा गइसकेको छ,’ नेपालले भने, -‘अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ । अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकालेर एमाले छाड्नु भयो ।’

विधान महाधिवेशनबाट केहि सुधार हुन्छकी भनेर बसेका नेता जोशीले एमाले सुध्रीने सम्भावना नदेखेपछि एकिकृत समाजवादीमा सामेल भएको उनले बताए । ‘पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ,’ नेपालले भने ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १ : ३६ बजे

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द