२३ बैशाख २०८१, आइतबार | May 6, 2024

मन्त्रिपरिषद् विस्तारको उल्झन अझै हटेन, सरकारले पूर्णता शुक्रबार मात्र पाउने



काठमाडौं । मन्त्रिपरिषद विस्तार आज पनि नहुने भएको छ ।

सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँटफाँटमा सहमति भएको भनिए पनि पुनः विवाद बल्झिएपछि आज मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच चार दलले पाउने मन्त्रालयको संख्या र मन्त्रालयबारे सहमति भएको भनिएको थियो । यसैका आधारमा बुधबार मात्रै नेकपा माओवादी केन्द्रले आफुले पाउने मन्त्रालयका लागि मन्त्रीहरुको टुंगो लगाएको थियो ।

आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी दलहरु तयारीमा जुटे पनि आन्तरिक तयारी नपुगेको भन्दै विस्तारको काम शुक्रबारसम्म पर सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले भोलि शुक्रबार मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने सहमति गरेका छन् । यसअघि आजै बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

तर, दलहरुबीच मन्त्रालय भागवण्डामा फेरि कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । यसअघिको दलीय सहमति अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी एवं जनता समाजवादी पार्टी जसपाले ४४ मन्त्रालय लिने सहमति भएको थियो । तर एकीकृत समाजवादी र जसपाभित्र ४४ मन्त्रालय मात्र लिन नहुने, गठबन्धनको समानताका आधारमा भागवण्डा हुनुपर्ने आवाज उठेको थियो । मन्त्रालयमा दलहरुबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार पुनः प्रभावित हुने भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाका लागि मन्त्रिपरिषद् विस्तार भ्यागुताको धार्नी पुर्याउने जस्तै भएको छ ।

 

 

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ३० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa