११ श्रावण २०८३, सोमबार | July 27, 2026

बढी भाडा लिन खोज्ने ९ जना विचौलिया पक्राउ



काठमाडौं । काठमाडौं बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षका सविन राई रहेका छन् । त्यस्तै टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौँ बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई काठमाडौंको गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ । त्यसैगरी काठमाडौंको कलङ्कीबाट वर्ष ३९ का नवीन केसी, बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।

प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ ।

विगतका वर्षमा झैँ चाडपर्वका समयमा उपत्यका बाहिरिने यात्रुको चाप अत्यधिक हुने गर्दछ । भिडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, दोहोरो टिकट काट्ने समूहलाई नियन्त्रण गर्न, सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।

ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुसँग बढी भाडा लिइ टिकट काट्ने व्यक्तिलार्ई निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्यरुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

तोकिएको टिकट काउन्टरमा परिचयपत्र बाहकले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

रासस

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : ०९ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले