७ आश्विन २०८३, बुधबार | September 23, 2026

चार करोड लगानीमा तिलोत्तमाको गोर्कट्टामा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा



बुटवल । रुपन्देहीको तिलोत्तमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गोर्कट्टाकाे हरियाली पार्क नजिकै चार करोड लगानीमा रेस्ट्रो सञ्चालन आएको हो ।

आज एक समारोहकाबिच तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले रिबन काटेर रेस्ट्रोको शुभारम्भ गरे ।

उद्घाटन अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै रेष्ट्रोका संचालक शिव रिजालले नेपाली, इन्डियन, कन्टिनेन्टल, माछाको परिकार, तन्दुरीसंगै सेकुवा र छोइलाको स्वाद चाख्ने पारखीसहित खाना र आरामदायी बसोबासको ब्यबस्था रहेको बताए । पारिवारिक शान्त वातावरणमा मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासको व्यवस्था सहित रेस्ट्रो सञ्चालनमा आएको छ । बुटवल मिलनचोक तीनकुनेमा २०५८ सालबाट होटल संचालन गर्दै आएका शिव रिजाल झुंगी कटेज एण्ड रेस्ट्रो मार्फत स्वादका पारखीलाई नँया र फरक स्वाद दिन लागेको बताए ।

लामो समयको लकडाउनसंगै बन्द रहेको अर्थतन्त्र पछि नँया योजनाका साथ रेस्ट्रो संचालनमा ल्याइएको रेस्ट्रोका अर्का संचालक देवी पाण्डेले बताइन । चार करोड लगानीमा संचालन भैरहेको रेस्ट्रोमा एसी तथा ननएसी गरी ८ वटा सुविधायुक्त रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा विवाह ब्रतबन्ध पार्टी र भोजका लागि पूर्ण एसीसहितको हलको व्यवस्था गरिएको पाण्डेको बताइन ।

पत्रकार मोहन न्यौपानेको संचालनमा भएको सो पत्रकार सम्मेलनमा सुदीप पाण्डे, अमरदीप बिसी लगायतले बोलेका थिए । शुभारम्भका अवसरमा ३ दिनसम्म सांगितिक कार्यक्रम गरिने सुदीप पाण्डेले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई